दफा २०
विश्वविद्यालयसंग सम्बन्धन गर्न सक्ने

(१) निजी क्षेत्रका कुनै क्याम्पसले विश्वविद्यालयसंग सम्बन्धन प्राप्त गरी संचालन हुन चाहेमा विश्वविद्यालयले त्यस्ता क्याम्पसलाई सम्बन्धन प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्बन्धन प्राप्त क्याम्पसले विश्वविद्यालयले तोकेको शर्तहरूको पालना गर्नु पर्नेछ ।